जेठ ०१, २०८१, मंगलबार
               

बारीमै कुहिन थालेपछि घरघरमा तरकारी

नेपाल फ्ल्यास
बैशाख ०८, २०७७

ADVERTISEMENT

तानसेन । पाल्पा जिल्ला तानसेन नगरपालिकामा बसोबास गर्ने नागरिकलाई लकडाउनको बेलामा तरकारी अभाव हुन नदिन घरघरै तरकारी पुर्याउने गरिएको छ । नगरपालिकाद्वारा गठित युवा परिषद्ले गाउँमै उत्पादित तरकारी बजारका नागरिकलाई घरघरमै सहुलियत दरमा बिक्रीका लागि पुर्याउन सुरु गरेको परिषद्का अध्यक्ष गुराँस आत्रेयले बताए । 

कोभिड –१९ को संक्रमण नियन्त्रणका लागि बाहिरी जिल्लाको तरकारी भित्रिन नदिने निर्णय नगरपालिका, कोरोना संक्रमण रोकथाम एवं व्यवस्थापन आपूर्ति व्यवस्थापन समितिले  गरेको हो । परिषद्ले बारीमा कुहिएर जानबाट जोगाएर तरकारी अभाव झेलेका उपभोक्तासामु तरकारी पुर्याउन लागेकोमा खुशी भएर सहकारीको गाडी नै उपलब्ध गराएको मदनपोखरा संगम बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्ष खेमराज न्यौपानेले बताए ।

बन्दाबन्दीमा तरकारी उत्पादनको मुख्य क्षेत्रका रूपमा परिचित तानसेनका अर्गली, मदनपोखरा र  बौघापोखराथोकमा तरकारी बारीमै कुहिन्छ कि भन्ने चिन्ता लागेकामा अब नगरपालिकाले उपभोक्तासम्म पुर्याइदिने भएकाले खुशी लागेको सहकारी संस्थाका अध्यक्ष तथा कृषक न्यौपानेले बताए । उपभोक्ताले तरकारी खान नपाउने र कृषकका बारीमा तरकारी कुहिएर जाने अवस्था आउन नदिन कृषकको मूल्य अनुसार आफूहरूले बजारसम्म लैजाने समितिका महासचिव धनु घिमिरेले जानकारी दिए ।


कस्तो लाग्यो ?

यो पनि