बैशाख २१, २०८१, शुक्रबार
               

लकडाउनसँगै पेट्रोलिय पदार्थ कम बिक्री

नेपाल फ्ल्यास
बैशाख ०७, २०७७

ADVERTISEMENT

काठमाडाैं ।  सरकारले घोषणा गरेको लकडाउनका कारण पेट्रोलियम पदार्थको बिक्री वितरणमा ८० प्रतिशतले कमी आएको छ । 

कोरोना भाइरस नियन्त्रण गर्नका लागि गरिएको लकडाउनका कारण सवारीसाधन नचल्दा पेट्रोल र डिजेलको बिक्रीवितरणमा ८० प्रतिशतले कमी आएको हो । 

नेपाल आयल निगम अमलेखगञ्ज डिपोमा पेट्रोल र डिपोको मौज्दात पूरा छ । 

उक्त डिपोको भण्डारण गर्ने डिजेल ट्यांकीमा दुई करोड लिटर डिजेल मौज्दात छ । त्यस्तै प्रोटोल ट्यांकीको क्षमता १९ लाख लिटर रहेको र त्यसमा १८ लाख लिटर पेट्रोल रहेको डिपोले जनाएको छ । 

बन्दका कारण डिजेल तीनदेखि चार लाख लिटर तथा पेट्रोल दैनिक एक लाख लिटर मात्र बिक्री भइरहेको डिपोका प्रमुख भरत रेग्मीले जानकारी दिए। रक्सोलबाट पाइपलाइनमार्फत आउने डिजेलको काम पनि रोकिएको उनले बताए । 
ट्यांकीको क्षमता जति छ, त्यति डिजेल मोज्दात रहेकाले पाइपलाइनबाट डिजेल ल्याउने काम बन्द गरिएको छ । 

राजमार्गको पम्पमा डिजेल र पेट्रोल कमी हुन नदिन त्यस पम्पमा समेत प्राप्त मात्रामा डिजेल र पेट्रोल दिइएको बताइएको छ । अहिले गहुँ काट्ने खेत जोत्ने बिउबिजन लगाउने र सिँचाइ गर्न समय भएकाले ग्रामीण क्षेत्रमा डिजेलको बिक्री बढेको प्रमुख रेग्मीले बताए । 

अमलेखगञ्ज डिपोबाट विराटनगर तथा भैरहवा डिपोमा समेत डिजेल पठाइने गरिएको छ । आयल निगम विराटनगर शाखाको डिपोमा पेट्रोल र डिजेलको मोज्दात पूर्णरूपमा रहेको छ । 

कार्यालय प्रमुख अशोक साहका अनुसार डिपोमा डिजेल ८० लाख लिटर तथा पेट्रोल नौ लाख ६० लिटर रहेको छ । त्यस डिपोबाट डिजेल र पेटोल आइतबार र बिहीबार बिक्रीवितरण हुने गरेको छ । पम्पबाट सरकारी गाडी पास भएका मोटरसाइकल ट्र्याक्टर तथा ढुवानीको गाडीले खरिद गर्ने गरेको पम्प व्यवसायीले बताउने गरेका छन् । 

नेपाल आयल निगम भैरहवा डिपोमा पनि पेट्रोलियम पदार्थको मोज्दात पूरा रहेको सो डिपोले जनाएको छ ।
 

यो पनि