बैशाख १५, २०८१, शनिबार
               

एनसेलले बुझायो २३ अर्ब

नेपाल फ्ल्यास
चैत ३०, २०७६

ADVERTISEMENT

निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले २३ अर्ब ४३ करोड ५६ लाख ५२ हजार ५४६ ठूला करदाता कार्यालयमा दाखिला गरेको छ । उक्त कार्यालयको गत मङ्सिर १९ गतेको निर्णयअनुसार एनसेलका नाममा निर्धारित भएको पूँजीगत लाभकरबापतको उक्त रकम ब्याजसहित सरकारी कोषमा दाखिला भएको हो ।

ठूला करदाता कार्यालयका अनुसार आयकर ऐन, २०५८ बमोजिम उक्त रकम प्राप्त भएको तथा उक्त कम्पनीसम्बन्धी सम्पूर्ण प्रकरण अन्त्य भएको छ । यसअघि दुई किस्तामा क्रमशः कम्पनीले र चार अर्ब ५० करोड र चार अर्ब ६० करोड दाखिला गरेको थियो । 


कस्तो लाग्यो ?

यो पनि