जेठ ०४, २०८१, शुक्रबार
               

विपन्नलाई ललितपुर उद्योग वाणिज्य संघको सहयोग

नेपाल फ्ल्यास
चैत २६, २०७६

ADVERTISEMENT

काठमाडौँ । ललितपुर उद्योग वाणिज्य संघले ललितपुर जिल्लाका अति विपन्न, अपाङ्गता भएका व्यक्ति , असहाय एवं दैनिक ज्यालादारी मजदुरका लागि राहत वितरण गर्न जिल्लाका तीनवटै स्थानीय सरकारलाई खाद्यान्न उपलब्ध गराएको छ ।

कोरोना संक्रमणको महामारीविरुद्ध सरकारले देशभर लकडाउन गरेको अवस्थामा विपन्न वर्गमा हातमुख जोर्न समस्या भइरहेको छ ।

यो विषम परिस्थितिमा ललितपुर उद्योग वाणिज्य संघले सहयोग पुर्‍याएको हो । लकडाउनको अवधिमा मानिसहरु सार्वजनिक रुपमा दैनिक मजदुरी नपाएर खाद्यान्न अभावले भोकै बस्न नपरोस् भनेर सहयोग गरिएको संघका महासचिव मनोजबहादुर न्याछ्योले जानकारी दिए ।

संघले ललितपुर महानगरपालिकालाई २ टन चामल र १ सय केजी दाल, महालक्ष्मी नगरपालिकालाई १ टन चामल र ५० केजी दाल तथा गोदावरी नगरपालिकालाई १ टन चामल र ५० केजी दाल उपलब्ध गराएको जानकारी पनि उनले दिए ।

संघले उपलब्ध गराएको खाद्यान्न तीनै वटा स्थानीय सरकारले आ-आफ्नो क्षेत्रमा रहेका अति गरिव तथा विपन्न व्यक्ति तथा परिवारलाई अबिलम्ब वितरण गर्ने जनाएका छन् ।

 


कस्तो लाग्यो ?

यो पनि