बैशाख १५, २०८१, शनिबार
               

एनसेलले तिर्‍यो थप ४ अर्ब ६० करोड लाभकर, साढे १४ अर्ब लकडाउनपछि तिर्ने

नेपाल फ्ल्यास
चैत १८, २०७६

ADVERTISEMENT

काठमाडौं । एनसेलले पुँजीगत लाभकरबापत ४ अर्ब ६० करोड बुझाएको छ । एनसेलले मंगलबार ठूला करदाता कार्यालयमा रकम बुझाएको हो ।

सर्वोच्च अदालतको आदेशपछि एनसेलले यो सहित ९ अर्ब १० करोड बुझाएको ठूला करदाता कार्यालयका प्रमुख झलक अधिकारीले बताए । बाँकी १४ अर्ब ४० करोड लकडाउन खुलेपछि तिर्ने बताइएको छ । 

सर्वोच्च अदालतको आदेशअनुसार एनसेलले २२ अर्ब रुपैयाँ पुँजीगत लाभकर विभिन्न किस्तामा तिर्नुपर्नेछ ।

सर्वोच्चको आदेशअनुसार अब एनसेलले १४ अर्ब ४० करोड रुपैयाँ लाभकर बुझाउन बाँकी छ । कम्पनीले २२ अर्ब किस्ताबन्दीमा तिर्न माग गरेअनुसार ठूला करदाता कार्यालयले महिनामा तिर्नुपर्ने किस्ताको तालिका यसअघि नै एनसेललाई दिइसकेको छ । सोहीअनुसार एनसेलले पुँजीगत लाभकर तिर्दै आएको छ । 


कस्तो लाग्यो ?

यो पनि