जेठ ०८, २०८१, मंगलबार
               

दूध नबिकेपछि बौलाहा खोलामा पोखियो

नेपाल फ्ल्यास
चैत १८, २०७६

ADVERTISEMENT

प्रकाश अधिकारी

नवलपुर । किसानबाट किनेको दूध नबिकेपछि दल्दले दुग्ध विकास सहकारी संस्थाले सबै दूध पोखिदिएको छ ।

लकडाउनका कारण दूध लिन काठमाडौंका ठूला डेरी उद्योग नआएपछि दूध पोख्नुपरेको संस्थाले जनाएको छ ।

किसानसँग खरिद भइसकेको जानकारी गराउँदा समेत दूध लिन कोही नआएपछि संकलित दूध खोलामा लगेर पोखिएको संस्थाका उपाध्यक्ष विष्णु पौडेलले जानकारी दिए ।

अन्य समयमा यस संस्थाले संकलन गरेको दूध  काठमाडौंका विभिन्न डेरीले (किनेर) लैजाने गरेका थिए ।

गाउँमा दूध खपत नहुने भन्दै अन्य डेरी दूध लिन नआएपछि नजिकैको बौलाहा खोलामा लगेर संकलित दूध पोखिएको उनले जानकारी दिए ।


कस्तो लाग्यो ?

यो पनि