नेपाल धितोपत्र बोर्डको निर्देशनसँगै लकडाउनको अवधिभर सेयर बजार बन्द हुने भएको छ ।
नेपाल स्टक एक्सचेन्ज नेप्सेले लकडाउन अवधिभर बजार खुला नगर्ने निर्णय गरेपछि सेयरबजार बन्द रहेने भएको हो ।
सरकारले घोषणा गरेको आगामी २५ गतेसम्म नै बजार बन्द गर्ने निर्णय भएको नेप्सेका सिइओ चन्द्रसिंह साउदले जानकारी दिए ।
उनले त्यसपछि पुनः लकडाउन भए अर्को निर्णय नेप्सेले बताए ।
यसअघि पनि बोर्डको निर्देशनपछि नेप्सेले एक साताका लागि बजार बन्द गराएको थियो । एक साता मंगलबार पुग्दैछ ।
त्यसपछि पनि थप बन्द गर्न बोर्डले भनेपछि नेप्सेले बन्द गरेको हो ।