जेठ ०८, २०८१, मंगलबार
               

कोरोना प्रभावित ऋणीले चैत मसान्तमा तिर्नुपर्ने ऋण असार मसान्तसम्म तिर्दा हुने

नेपाल फ्ल्यास
चैत १६, २०७६

ADVERTISEMENT

काठमाडौं । राष्ट्र बैंकका कार्यवाहक गभर्नर चिन्तामणि सिवाकोटीले कोरोनाका कारण प्रभावित क्षेत्रका ऋणीहरुले चैत मसान्तमा तिर्नुपर्ने ऋण असार मसान्तसम्म तिर्दा हुने बताएका छन् । 

कोरोना भाइरस (कोभिड–१९) को संक्रमणसँगै अर्थतन्त्रमा ठूलो क्षति पुगेको भन्दै राष्ट्र बैंकले सहुलियत घोषणा गरेको उनले जानकारी दिए ।

शिवाकोटीले भने, ‘कारोनाले असर परेका क्षेत्रका ऋणीले चैतमा तिर्नुपर्ने कर्जा असार मसान्तसम्ममा तिर्दा पनि हुन्छ,’ उनले भने, ‘चैतमा तिर्नुपर्ने कर्जाको साँवा तथा ब्याज असार मसान्तसम्म तिरे पनि थप ब्याज तथा हर्जना लाग्दैन ।’

ऋणको साँवा तथा ब्याज भुक्तानी गर्न असहज अवस्था आइपरेकाले यस्तो निर्णय गरिएको उनले बताए । 

यसका अलवा उनले यदि कसैले चैत महिनामा नै तिर्न चाहे ब्याजमा १० प्रतिशत छुट पाउने बताएका छन् । 

राष्ट्र बैंकले कोरोना प्रभावित क्षेत्रहरुको पहिचान गरी ती क्षेत्रहरुका लागि पुनः विशेष प्याकेज ल्याउन सक्ने पनि उनले जानकारी दिए । 

यो पनि