जेठ ०४, २०८१, शुक्रबार
               

नेपाल उद्योग वाणिज्य महासंघले भोलिदेखि राहत वितरण गर्ने

नेपाल फ्ल्यास
चैत १६, २०७६

ADVERTISEMENT

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले राहात वितरण गर्ने भएको छ ।  महासंघले भोलिदेखि राहत वितरण गर्न लागेको हो ।

महासंघले चामल, दाललगायत खाद्यान्न र मास्कसहितको मेडिकल उपकरण बाँड्न लागेको अध्यक्ष भवानी राणाले जानकारी दिइन् । 

महासंघले प्रत्येक श्रमिकलाई ५ किलो चामल र १ किलो दालको दरले वितरण गर्नेगरी सामान प्याकेटिङ गरिरहेको छ ।

भोलिदेखि ठाउँ हेरेर पकेट–पकेटमा त्यस्तो राहत सामाग्री वितरण गर्ने योजना बनाएको राणाले जानकारी दिइन् । 
उनले सरकारसँगको समन्वयमा यस्तो राहत सामाग्री वितरण हुन लागेको बताइन् । 

महासंघले सरकारले स्थापना गरेको कोरोना रोकथाम राहत कोषमा ५० लाख सहयोग गर्ने यसअघि नै घोषणा गरिसकेको छ ।

यो पनि