जेठ ०८, २०८१, मंगलबार
               

सिद्धार्थ बैंकले गर्यो १० लाख सहयोग

रासस
चैत १६, २०७६

ADVERTISEMENT

भैरहवा । सिदार्थ बैंक लिमिटेड प्रदेश नं ५ ले कोरोना भाइरस सङ्क्रमण नियन्त्रणका लागि प्रदेश सरकारलाई रु १० लाख सहयोग गरेको छ ।

शनिबार प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोखरेललाई बैंकका प्रदेश नं ५ का प्रमुख सुशील नेपालले १० लाख रुपैयाँको चेक हस्तातरण गरेका हुन् ।

विश्वमा महामारीको रूपमा फैलिएको कोरोना भाइरस नियन्त्रणका लागि प्रदेश सरकारको पहललाई सहयोग पुराउने उद्देश्यले बैंकले रकम हस्तानतरण गरेको जनाएको छ ।

बैंकले हस्तान्तरण गरेको चेक बुझ्ने क्रममा मुख्यमन्त्री पोखरेलले बैंकको प्रशंसा गर्दै देशमा परेको संकटलाई सहयोग पुर्याउनु महान कार्य भएको बताए ।

उनले कोरोना भाइरस नियन्त्रणका लागि प्रदेश सरकारले योजनाबद्ध रूपमा काम गरिरहेकाले बैंक दिएको रकम पनि सही काममा सदुपयोग हुने भन्दै बैंकलाई धन्यवाद दिनुए ।

राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।

कस्तो लाग्यो ?

यो पनि