जेठ ०८, २०८१, मंगलबार
               

सिराहा गोविन्दपुरका रामप्रकाश महतोले निःशुल्क बाँडे १६ क्विन्टेल तरकारी

नेपाल फ्ल्यास
चैत १५, २०७६

ADVERTISEMENT

काठमाडौं । लहानमा एक किसानले १६ क्विन्टेल तरकारी निःशुल्क बाँडेका छन् । 

लकडाउनका कारणले स्थानीय हाटबजारमा तरकारी अभाव र भएको तरकारी पनि किन्न नसकेको अवस्थामा  सिराहाको लहान नगरपालिका २४ गोविन्दपुरका रामप्रकाश महतोले निःशुल्क तरकारी बाँडेका हुन् । 

गोविन्दपुर खपानी टोलका करिब ४५ वर्षीय किसान रामप्रकाश महतोले आफ्नो पाँच कठ्ठा बारीमा उब्जाएको ८० हजार रुपैयाँबराबरको भन्टा लहान बजार क्षेत्रमा बाँडेका हुन् ।

इलाका प्रहरी कार्यालय लहानसँग समन्वय गरी दुईजना प्रहरीसमेतको उपस्थितिमा लहानको गुदीगाउँ, नयाँ बजार, पुरानो बजार, लहान मुख्य चोकमा रहेको गुदरी हाटमा निःशुल्क रुपमा भन्टा बाँडेको महतोले बताए । 

सामान्य बेलामा त किनेर पनि खान सकिने सुविधा हुन्छ, तर कोरोना भाइरसको त्रासले मुलुक नै लकडाउन भएको अवस्थामा थोरै भएपनि राहत होस् भन्ने उद्देश्यले आपूmले उक्त तरकारी बाँडेको महतोले बताए । 

उनले आफ्नो १५ कठ्ठा बारीमा लगाएको भाण्टा खेतीमध्ये १० कठ्ठामा कलिलै भएकाले पाँच कठ्ठाको भान्टा टिपेर बाँडेको बताए । 

लकडाउन लम्बिंदै जाने भएमा १० कठ्ठामा हुर्किंदै गरेको भान्टा खानलायक भएपछि त्यो पनि बाँड्ने योजनासमेत रहेको उनले बताए । 

यो पनि