बैशाख २५, २०८१, मंगलबार
               

मजदुरलाई खाद्यान्न वितरण

रासस
चैत १४, २०७६

ADVERTISEMENT

भोजपुर । भोजपुर नगरपालिकाले लकडाउनका बेला दिनभरि मजदुरी गरेर बेलुका छाक टार्ने समस्यामा परेका ३२५ मजदुर परिवारलाई खाद्यन्न वितरण गरेको छ । 

मजदुरलाई प्रति परिवार एक बोरा चामल, एक पोका तेल, एक केजी नुन र एक केजी दाल वितरण गरिएको हो । षडानन्द नगरपालिकाले भने प्रत्येक घरमा एक साबुन र जनचेतनामूलक सामग्री वितरण गरेको छ । 

एक सय श्ययाको क्वारेन्टाइन
कोरोना भाइरसको सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै भोजपुरमा १०० श्यया क्षमताको क्वारेन्टाइन निर्माण गरिएको छ । भोजपुर नगरपालिका वडा नं १२ मा रहेको पर्यटन सूचना केन्द्रमा ४० र भोजपुर नगरपालिका–६ देउरालीमा रहेको सुम्निमा पोलिटेक्निक इन्स्टिच्युटको क्वाटरमा ६०१ श्यया क्षमताको क्वारेन्टाइन निर्माण गरिएको हो ।

भोजपुर नगरपालिकाको आर्थिक सहयोग र नेपाली सेना फष्ट रैफल गण भोजपुरको पहलमा तत्कालका लागि १०० क्षमताको क्वारेन्टाइन निर्माण गरिएको प्रमुख जिल्ला अधिकारी वसन्तराज पुरीले जानकारी दिए ।

क्वारेन्टाइनस्थलमा विद्युत्, खानेपानीलगायतका उपकरण जडान भइसकेको छ । जिल्लामा कोरोनाबाट बच्न उच्च सतर्कता अपनाइएको छ । 

राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।

कस्तो लाग्यो ?

यो पनि