बैशाख २४, २०८१, सोमबार
               

सेयरबजार खोल्ने निर्णयप्रति लगानीकर्ताको आपत्ति

नेपाल फ्ल्यास
चैत १३, २०७६

ADVERTISEMENT

बुधबार अर्थमन्त्री युवराज खतिवडाको अध्यक्षताको उच्चस्तरीय वित्तीय क्षेत्र व्यवस्थापन समितिको बैठकले नेपाल धितोपत्र बोर्डलाई धितोपत्र बजारको न्यूनतम सेवा सञ्चालन गर्न निर्देशन दिएसँगै लगानीकर्ताले आपत्ति प्रकट गरेका छन् । 

उच्च स्तरीय वित्तीय क्षेत्र व्यवस्थापन समितिको निर्देशनसँगै अर्थ मन्त्रालयले अर्को मंगलबारदेखि सेयर बजारको कारोबार सुचारु हुने जनाएको छ । 

सेयरबाजर खोल्ने निर्णय र निर्देशनसँगै लगानीकर्ताले आपत्ति जनाउँदै अर्थ मन्त्रालय र अर्थमन्त्री डा. युवराज खतिवडा सेयर बजारका माफियाको चंगुलमा परेर त्यस्तो निर्णय गरेको आरोप आरोप लगाएका छन् ।

सेयर बजार खोल्ने सरकारको निर्णयलाई लक्षित गर्दै छोटेलाल रौनियारले अर्थमन्त्री युवराज खतिवडालाई कसैले लकडाउनको समयमा भारत र अमेरिकाको सेयर बजार खुल्दा नेपालको खुल्न किन नहुने भनी उकासेको आरोप लगाए ।

‘त्यहाँको सेयर बजार पूर्ण रुपमा अटोमेसनमा गएको छ । हाम्रोमा अहिलेसम्म बैंक इन्ट्रिगेसनमा जानसम्म सकिएको छैन,’ उनले भने, ‘हरेक कामको लागि ब्रोकरमै जानुपर्छ । अनलाइन शतप्रतिशत स्वचालित थियो भने हामी सेयर बजार खोल्नुस् भनेर भन्थ्यौँ ।’
 

यो पनि