जेठ ०८, २०८१, मंगलबार
               

कोरोनाका कारण मेलम्चीको खानेपानी दशैंअघि काठमाडौं नआउने

नेपाल फ्ल्यास
चैत १३, २०७६

ADVERTISEMENT

काठमाडौं । विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरसको प्रभावका कारण मेलम्चीको खानेपानी दशैंअघि काठमाडौं नआउने भएको छ ।

उक्त भाइरसको संक्रमण नेपालमा फैलन नदिन सरकारले देशभर लकडाउन गरेपछि  मेलम्ची खानेपानी योजनाका सबै काम ठप्प भएपछि दशैंअघि काठमाडौं आउन नसक्ने भएको मेलम्ची खानेपानी आयोजनाका कार्यकारी निर्देशक तिरेशप्रसाद खत्रीले जानकारी दिए । 

एक साताअघि मात्रै खानेपानीमन्त्री बिना मगरको उपस्थितीमा मेलम्ची खानेपानी आयोजना सुरुङमा पानी हालेर पहिलो परीक्षण सम्पन्न गरिएको थियो । 


कस्तो लाग्यो ?

यो पनि