बैशाख २४, २०८१, सोमबार
               

महिनामा प्रतिपरिवार एउटा मात्र ग्यास सिलिन्डर दिने निगमको नयाँ नीति

नेपाल फ्ल्यास
चैत १२, २०७६

ADVERTISEMENT

काठमाडौं । निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलले कोभिड–१९ को असर लम्बिन सक्ने आँकलन गर्दै निगमले एक महिनामा एक परिवालाई एउटा मात्र ग्यास सिलिन्डर दिने नीति लिएको बताए ।

जसका लागि उनले ग्यास बिक्रेतालाई बिक्री गरिएको उपभोक्ताको नाम, ठेगाना, नागरिकता नम्बर र फोन नम्बर प्रस्ट खुलेको रेकर्ड राख्न पनि निर्देशन गरिएको बताए ।

‘उक्त रेकर्ड जिल्ला प्रशासन वा निगमले जुनसुकै बेला माग गर्न सक्नेछ,’ पौडेलले भने, ‘बजारमा ग्यास अभाव हुन नदिन र प्रभावकारी व्यवस्थापनका लागि यस्तो नीति लिइएको हो । ’

ग्यास उद्योगले डिलरलाई बिक्री गरेको सिलिन्डरको परिमाण र डिलरले उपभोक्तालाई बिक्री गरेको परिमाण पनि नियमित परीक्षण गर्नुपर्ने उनले बताए ।

ग्यास उद्योगीले आफूसँग भएको ग्यासको सुरुको मौज्दात, भन्सारबाट आयात भएको परिमाण, उद्योगमा रहेको बुलेटको परिमाण र गोदाममा भरिराखेको सिलिन्डरको परिमाणको अभिलेख राखेर निगममा पठाउन निर्देशन दिएको छ ।

अघिल्लो दिन बिक्रीवितरण गरिएको परिमाणसहितको क्लोजिङ स्टक देखिने फेहरिस्त विवरण प्रत्येक दिन बिहान १० बजेभित्र जिल्ला प्रशासान कार्यालय तथा निगममा पठाउन पनि निर्देशन दिइएको पौडेलले जानकारी दिए ।  

यो पनि