जेठ ०८, २०८१, मंगलबार
               

स्युचाटार साकोसद्वारा कोरोना प्रभावित कोषमा सहयोग घोषणा

नेपाल फ्ल्यास
चैत ११, २०७६

ADVERTISEMENT

काठमाडौँ । स्युचाटार साकोसले कोरोना संक्रमणविरुद्ध लड्न सरकारले बनाएको कोषमा एक लाख रुपैयाँ दिने निर्णय गरेको छ ।

स्युचाटार साकोसका अध्यक्ष साधुराम गौतमको अध्यक्षतामा सोमबार बसेको बैठकले सरकारद्वारा स्थापित कोरोना राहत कोषमा एक लाख रुपैयाँ जम्मा गर्ने निर्णय गरेको हो ।

मुलुक, जनता र समाजप्रतिको दायित्व निर्वाह गर्न भन्दै कोषले आफ्ना सदस्य वा उसको एकाघरका व्यक्ति कोरोना सङ्क्रमित भए जनही १० हजार रुपैयाँ सहयोग गर्ने निर्णय पनि साकोसले गरेको छ । त्यसै गरी साकोसबाट ऋण सदस्यहरूलाई २०७६ चैत १ देखि असार मसान्तसम्मको ब्याजमा दुई प्रतिशत छुट दिएको छ ।

स्युचाटार साकोसका सञ्चालक समिति सदस्य एवं प्रचार संयोजक पत्रकार किरण गिरीका अनुसार संस्थाले भाखा ननाघेका ऋणीहरूको ऋणको म्याद भाखा नाघेको मितिले ६ महिना थप्ने भएको छ ।

साकोसले आफ्नो कार्य क्षेत्र काठमाडौँ जिल्लाभर नगरपालिकाहरूको सहयोग र समन्वयमा कोरोना सङ्क्रमणविरुद्ध प्रतिरोध, रोकथाम तथा जनचेतनाका कार्यक्रम सञ्चालन र परिचालन गर्ने भएको छ ।

यसैगरी स्युचाटार साकोसले तत्कालीन कार्यक्षेत्र नागार्जुन र चन्द्रागिरि नगरपालिकामा यथासम्भव  सेनिटाइजर तथा मास्क वितरण गर्ने निर्णय गरेको छ ।

 


कस्तो लाग्यो ?

यो पनि