बैशाख २४, २०८१, सोमबार
               

आफूखुसी बनाइएका कोरोनासम्बन्धी राहत कोषकाे रकम हरेक हप्ता सरकारी काेषमा जम्मा गर्न आग्रह

नेपाल फ्ल्यास
चैत ११, २०७६

ADVERTISEMENT

सरकारले आफूखुसी कोरोनासम्बन्धी राहत कोष नबनाउन आग्रह गर्दै  अहिलेसम्म बनेका कोषमा आफ्नो संस्थाको मात्र रकम जम्मा गरी हरेक साता सरकारी कोषमा दाखिला गर्न आग्रह गरेको छ ।

कोरोना रोकथामसम्बन्धी उच्चस्तरीय समितिको मंगलबार बसेको बैठकले आफूखुसी कोष बनाउन रोक लगाएको हो ।

सरकारले कोरोना भाइरस उपचार कोष बनाए को छ । तर, प्रदेशले पनि आ–आफ्नो कोष बनाएको छन् । त्यसैगरी, निजी क्षेत्रले पनि आफूखुसी राहत कोष बनाएर रकम जम्मा गर्न थालेका छन् ।

तर, समितिले सरकारले नै केन्द्रीय कोष बनाइसकेकाले सबैले यही रकम जम्मा गर्नु उपयुक्त हुने बताएको छ ।

सरकारका प्रवक्ता डा. खतिवडाले कथमकदाचित कुनै संंस्थाले कोष खडा गरिसकिएको भए यस्तो कोषमा आफू मातहतका संस्था, कर्मचारी वा निकायका व्यक्तिको मात्र रकम संकलन गर्ने र त्यो रकम प्रत्येक हप्ता केन्द्रीय कोषमा जम्मा गर्नुपर्ने निर्णय गरेको बताए । 
 


कस्तो लाग्यो ?

यो पनि