जेठ ०४, २०८१, शुक्रबार
               

माथिल्लो तामाकोसी जलविद्युत् आयोजना निर्धारित समयमै सक्न ऊर्जामन्त्रीको निर्देशन

नेपाल फ्ल्यास
चैत ०९, २०७६

ADVERTISEMENT

काठमाडौं । ऊर्जामन्त्री वर्षमान पुनले माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाकाे अवलोकन गरेका छन् । 

स्वदेशी लगानीमा दोलखामा निर्माणाधीन ४५६ मेगावाटको जलाशययुक्त माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको उनले आइतबार स्थलगत अवलोकन गरेका हुन् । 

आयोजनाको बाँध, सुरुङ र पावरहाउसको निरीक्षण गर्न पुगेका मन्त्री पुनले बाँकी काम निर्धाति समयमै सम्पन्न गर्न आयोजनाका पदाधिकारी, निर्माण कम्पनी र परामर्शदातालाई निर्देशन दिएका छन् । 

‘चालू आर्थिक वर्षमै काम सक्न र आगामी असारसम्ममा परीक्षण उत्पादन थाल्ने गरी काम अघि बढाउनुहोस्,’ मन्त्री पुनले भने, ‘काम गर्ने सिलसिलामा आइपर्ने जस्तोसुकै व्यवधान हटाउन सरकार तयार छ, तर काम तोकिएकै समयमा सक्नुपर्छ ।’

मन्त्री पुनको टोलीमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.पुष्प कँडेल, सदस्य डा. कृष्णप्रसाद ओली, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक एवं माथिल्लो तामाकोशी हाइड्रोपावर कम्पनीका अध्यक्ष कुलमान घिसिङ लगायत सहभागी थिए । 

यो पनि