जेठ ०४, २०८१, शुक्रबार
               

कोरोना भाइरसका कारण बैंकहरु बन्द नहुने

नेपाल फ्ल्यास
चैत ०९, २०७६

ADVERTISEMENT

काठमाडौं । नेपाल राष्ट्र बैंकले कोरोना भइरसको असरका कारण बैंकहरू बन्द नहुने जनाएको छ । 

नेपाल राष्ट्र बैंकले आइतबार सर्कुलर जारी गर्दै नेपाल सरकारबाट आवश्यक सेवाभन्दा अन्य सेवा मात्र बन्द गर्ने निर्णय भएकाले क, ख, ग र घ बर्गका सबै बैंक तथा वित्तीय संस्थाहरू बन्द नहुने जनाएको हो ।  

साथै राष्ट्र बैंकले कर्मचारीको सुरक्षका लागि आवश्यक न्यूनतम स्वास्थ्य सुरक्षका उपाय (मास्क, सेनिटाइजर, पञ्जा) को अनिवार्य रूपमा अबलम्बन गर्न पनि निर्देशन दिएको छ ।

त्यसैगरी सेवाग्राहीको भीडभाड नहुने सुनिश्चितताको साथ सेवा प्रवाह गर्ने तथा विद्युतीय माध्यमबाट गरिने काराबोरलाई थप प्रोत्साहन गर्ने केन्द्रीय बैंकले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि