चैत १६, २०८०, शुक्रबार
               

बजारमा ग्यास अभाव छैन

नेपाल फ्ल्यास
चैत ०३, २०७६

ADVERTISEMENT

काठमाडौं । नेपाल एलपी ग्यास उद्योग संघले बजारमा ग्यास अभाव नरहेको जनाएको छ ।

विगतभन्दा बढी मात्रामा आयात भइरहेको बताउँदै संघले अहिले बजारमा ग्यास अभाव नरहेको जनाएको हो । संघले सोमबार पत्रकार सम्मेलन गर्दै साधारण खपतभन्दा बढी ग्यास आयात भइरहेकोले अभाव नहुने बताएको हो । कोरोना भाइरसको प्रभाव नेपालमा पनि पर्न सक्ने त्रासले उपभोक्ताहरूले आवश्यकता भन्दा बढी ग्यास भरेर राखेकाले केही समस्या सिर्जना भएको संघले जनाएको छ ।

ग्यासको आयात विगतभन्दा बढी भएकाले उपभोक्ताहरूले धैर्य गरी आवश्यकता भन्दा बढी ग्यास सञ्चय नगर्न पनि आग्रह गरेको छ । संघका अध्यक्ष गोकुल भण्डारीले कोरोनाको प्रभाव नेपाल परेपछि के हुने हो भन्ने त्रासका कारण केही उपभोक्ताले ग्यास सञ्चय गरेको र अन्य केही उपभोक्तले तत्काल पाउन नसकेका कारण यो अवस्था आएको बताए ।

एलपी ग्यास उद्योग संघ र ग्यास विक्रेता महासंघ नेपालले संयुक्त विज्ञप्ती जारी गर्दै घरमा भएको खाली सिलिण्डरलाई मात्र ग्यास दिन र नयाँ सिलिण्डर (ग्यास सहितको सिलिण्डर) विक्रि वितरण नगर्न पनि विक्रेताहरूलाई आग्रह गरेको छ । आम उपभोक्तको हितलाई ध्यानमा राख्दै आपूर्ति व्यवस्था सहज राख्ने प्रतिवद्धता पनि उनीहरूले जनाएका छन् । 


कस्तो लाग्यो ?

यो पनि