बैशाख १४, २०८१, शुक्रबार
               

प्रतिदिन १ लाख ग्यास सिलिण्डर नेपाल भित्रिन्छ

नेपाल फ्ल्यास
चैत ०२, २०७६

ADVERTISEMENT

काठमाडौं । नेपाल आयल निगमले प्रतिदिन १ लाख सिलिण्डर ग्यास नेपाल भित्रिरहेकाले लाइन बस्नुपर्ने अवस्था नआउने बताएको छ । 

कोरोना भाइरसको संक्रमणले विश्व आक्रान्त बनिरहेका बेला डिजेल, पेट्रोल र ग्यासलगायत दैनिक उपभोग्य वस्तुको अभाव हुने भन्दै उपभोक्ता आतंकित बनेका बेला निगमले यस्तो बताएको हो ।

निगमका कार्यकारी निर्देशक सुरेन्द्र कुमार पौडेलले आइतबार रक्सौल नाकाबाट मात्रै ८६ बुलेट ग्यास भन्सार पास भएर नेपाल आउने क्रममा रहेको उल्लेख गर्दै काठमाडौं उपत्यकामा ३८ वटा बुलेट आउने बताए । उनले भने, ‘आज मात्रै रक्सौलबाट ८६ बुलेट भन्सार पास भएर आउने क्रममा छन् । त्यो भनेको १२ सय ८५ लिटर अर्थात १ लाख सिलिण्डर हो । काठमाडौँका लागि ३८ र बाहिरका लागि ४८ वटा बुलेट छन् । त्यो बाहेक भैरहवा, नेपालगञ्ज, काकडभित्ता र धनगढीबाट पनि भित्रिने गरेको छ ।’

निर्देशक पौडेलले फागुन २८ र २९ गते ३ सय १ बुलेट अर्थात ३ लाख ७५ हजार सिलिण्डर नेपाल भित्रिएको बताए। ग्यासको भण्डारण नभएका कारण माग बढी हुने वित्तिकै केही समस्या देखिने भए पनि अभाव नै नहुने उनको भनाइ छ । विपद‍्को समयमा बजारमा कृत्रिम अभावका घटनाहरू हुने गरेको उहाँले स्वीकार गर्नुभयो । 


कस्तो लाग्यो ?

यो पनि