जेठ ०६, २०८१, आइतबार
               

चार सय फर्मलाई कारवाही

नेपाल फ्ल्यास
फागुन ३०, २०७६

ADVERTISEMENT

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चालू आर्थिक वर्षको पहिलो आठ महिनामा चार सय चारवटा फर्मलाई कारवाही गरेको छ । 

विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीका अनुसार कारवाहीमा परेका फर्मबाट एक करोड १६ लाख ७२ हजार रुपैयाँ राजश्व सङ्कलन भएको छ । उनका अनुसार काठमाडौँ उपत्यका र उपत्यकाबाहिर बजार अनुगमनका क्रममा विभिन्न फर्म तथा उद्योगलाई कारवाही गरी जरिवाना तिराइएको हो । 

विभागले चालु आर्थिक वर्षको साउनदेखि फागुनको १६ गतेसम्म काठमाडौँसहित विभिन्न जिल्लाका एक हजार दुई सय ३३ फर्म तथा उद्योगमा अनुगमन गरेको जनाएको छ । विभागको तथ्याङ्कअनुसार बजार अनुगमनका क्रममा १४४ फर्मलाई स्पष्टीकरण, ५४१ फर्मलाई निर्देशन, २१ फर्मको नमूना परीक्षणका लागि लिइएको र ४८ फर्मको कारोवार रोक्का गरिएको छ । 

त्यस्तै अनुगमका क्रममा भेटिएका एक करोड ५३ लाख ७८ हजार बराबरका गुणस्तरहीन, म्याद गुज्रेका वस्तु नष्ट गरिएको उनले बताए। उनका अनुसार चालु आवमा एक हजार फर्मको अनुगमन गर्ने लक्ष्य थियो तर हामीले लक्ष्य पूरा गरी थप एक हजार फर्मको अनुगमन गर्ने लक्ष्य लिइएको छ । 

त्यस्तै विभागमा गरिमा जातको नक्कली धानको बीउका बारेमा उजुरी परेपछि विभागले विभिन्न १७ फर्मलाई कारवाही गरेको छ । किसानको उजुरीपछि गठित टोलीले स्थलगत रुपमा अनुगमन तथा निरीक्षण गरी बीउ आयातकर्तालाई तीन लाख र अन्य बिक्रेतालाई दुई लाखको दरले जरिवाना तोकेको थियो । कारवाहीमा परेका १७ फर्ममध्ये लमही नगरपालिका–३ दाङको सनराइज एग्रिकल्चर रिसर्च प्रालिलाई तीन लाख र अन्य १५ फर्मलाई दुई लाख र एक फर्मलाई २० हजार जरिवाना गर्दा ३१ लाख २० हजार राजश्व सङ्कलन भएको जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि