बैशाख २४, २०८१, सोमबार
               

नेप्सेमा नकारात्मक सर्किट, कारोबार बन्द

रासस
फागुन २७, २०७६

ADVERTISEMENT

धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचकमा उच्च अङ्कको गिरावट आएपछि सर्किट लगेकाे छ । 

शेयर बजार आज पुनः नकारात्मक सर्किट लगाउनुपर्ने गरी ओरालो लागेको हो । गत बिहीबारपछि आज खुलेको बजारमा कारोवारको शुरुवातीदेखि नै ओरालोको यात्रा तय गरेको हो । स्टकले कारोबार आज दिउँसो ३ बजेसम्मका लागि स्थगित गरेको छ ।

नेप्सेका अनुसार नेप्से ६.०२ प्रतिशत बढीले ओरालो लाग्दा नकारात्मक सर्किट लगाइएको हो । मगंलबार १ बजेर १३ मिनेटमा नेप्सेले सर्किट लगाएको हो । 

पहिलोपटक ११ बजेर ५९ मिनेटमा ४ प्रतिशतले बजार घटेपछि सर्किट लागेको थियो । त्यसपछि १२ बजेर ३१ मिनेटमा पनि ४ प्रतिशतले नै नेप्से ओरालो लागेपछि ४० मिनेटको लागि कारोबार स्थगित गरिएको थियो । पुन १ बजेर १३ मिनेटमा बजार ६ प्रतिशतले घटेपछि कारोबार बन्द भएको छ ।

नेप्से ८६.३९ विन्दुले घटेर एक हजार ३४९.३१ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक १७.३५ ले घटेर २९०.३६ मा पुगेको छ ।

सर्किट लाग्नुअघि कुल १६१ कम्पनीको २७ लाख ३५ हजार ४१८ कित्ता शेयर र एक अर्ब सात करोड ६६ लाख ९६ हजार ३०० बराबरको कारोबार भएको थियो । 

नकारात्मक सर्किट लागेको बजारमा नेपाल लाइफ इन्स्योरेन्सको मात्रै आठ करोड ५८ लाख ९९ हजार ४१३ बराबरको कारोवार भएको छ । 

यस्तै एनआइसी एशिया बैंकको  आठ करोड २० लाख ५५ हजार ११४ र एनएमबी बैंकको ६ करोड ७९ लाख ६४ हजार ४८९बराबरको कारोबार भएको छ । 
 

राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।

कस्तो लाग्यो ?

यो पनि