मंसिर ०७, २०८१, शुक्रबार
               

किसानलाई ऋण लिन प्रोत्साहन हैन त्रास देखाउन थाले बै‌ङ्कहरूले

रासस
फागुन २४, २०७६

ADVERTISEMENT

उत्पादनका प्रमुख आधारमध्ये कृषि क्षेत्रका लागि नेपालका वित्तीय संस्थाले सन्तोषजनक लगानी गरेका छैनन् । फलस्वरूप कृषिको आयात भने बढेको बढेकै छ भने युवा वर्ग कृषि क्षेत्रबाट पलायन हुँदैछ । हाल कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान २७ प्रतिशत छ ।

नेपाल राष्ट्र बैंकले कृषि क्षेत्रका लागि अनिवार्य १० प्रतिशत कर्जा लगानी गर्नुपर्ने नीति बनाए  पनि चालू आर्थिक वर्षको ६ महिनामा नेपालका वाणिज्य बैंकले ९ दशमलव ६ प्रतिशत कर्जा लगानी गरेका छन् । 

वित्त संस्थाले राष्ट्रबैंकको नीतिलाई मान्न त परै जाओस्, कृषि ऋणका लागि बैंकमा पुगेका कृषकलाई उपयुक्त धितो लिएर ऋण दिनसम्म झण्झट दिने गरेको स्वयम् किसानले बताउँदै आएका छन् । बैंकर्श कृषिमा लगानी डुब्लाकी भन्ने चिन्ता राख्छन् ।

    कृषि विज्ञ कृष्ण पौडेलको भने धारणा अर्कै छ । उहाँका अनुसार हत्पति वित्तीय संस्था कृषिमा लगानीका लागि किसानसँग जोडिन रुचाउँदैनन् उहाँ भन्नुहुन्छ, ‘‘राष्ट्र बैंकको अनिवार्य नीतिका कारण मात्र धेर थोर लगानी गरेर किसानको मुखमा मल्हमपट्टी लगाउने काममा सीमित रहेको छ ।’’   

नेपालमा व्यावसायिक  किसानको सङ्ख्या सानो छ । साना तथा मझौला किसानको सङ्ख्या ठूलो छ । पौडेल भन्नुहुन्छ, ‘‘साना किसानले योजना बनाउन जान्दैनन् । बैंकहरु शुरुमै योजना सोध्छन् । भुक्तानी तालिका ९किस्ता० को डर देखाउँछन् । किसान झस्कन्छन् । उनीहरुलाई ऋण लैजान प्रोत्साहन गर्नुको सट्टा सुरुमै त्रास देखाइन्छ ।’’  
  
    उत्पादन गर्न समय लाग्छ भन्ने कुरा थाहा भए पनि वित्तीय संस्थालाई लगानी गरेको अर्को महिना नै किस्ता चाहिन्छ । उत्पादनमा प्रोत्साहित गर्नु र विस्तारै ऋण तिर्दै जानुहोस् भनेर सिकाउने र ऋण लिन उत्साहित गर्ने निकाय नै नभएका कारण कृषि व्यवसायीकरण बन्न नसकेको धारणा राख्नुहुन्छ कृषि क्षेत्रका जानकार रामकृष्ण ढकाल । 
    
    बैंक तथा वित्तीय संस्थाको २०७६ पुस मसान्तमा लगानीमा रहेको कर्जामध्ये ६४ दशमलव शून्य ९ प्रतिशत घरजग्गा धितोमा र १३ दशमलव शून्य पाँच प्रतिशत कृषि तथा गैर कृषिजन्य वस्तुको धितोमा प्रवाह भएको छ ।

विसं २०७६ पुस मसान्तसम्म कृषि तथा पशुपक्षी व्यवसाय कर्जाअन्तर्गत २० हजार ७९१ ऋणीको रु ४५ अर्ब आठ करोड कर्जा बक्यौता रहेको छ । त्यसैगरी सहुलियतपूर्ण कर्जाका अन्य शीर्षकअन्तर्गत तीन हजार १८७ ऋणीको रु एक अर्ब ९३ करोड कर्जा बक्यौता रहेको मौद्रिक नीतिमा उल्लेख छ ।   

राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।

कस्तो लाग्यो ?

यो पनि