बैशाख २०, २०८१, बिहीबार
               

धेरै डाटा चलाउनेका लागि ल्यायो टेलिकमले डाटा प्याक अफर

नेपाल फ्ल्यास
फागुन १८, २०७६

ADVERTISEMENT

काठमाडौं । एकै पटक धेरै डाटा प्रयोग गर्नुपर्ने आवश्यकता परिपूर्तिका लागि नेपाल टेलिकमले लार्ज डाटा प्याक उपलब्ध गराएको छ । 
टेलिकमले डाटा प्याक उपयोगका लागि एक पटक सब्स्क्राइब गर्नुपर्ने बताएको छ ।
 
टेलिकमले सोपश्चात् लामो समयसम्म चलाउन मिल्ने बताएको छ । साथै,  टेलिकमले उक्त डाटा अन्यको तुलनामा निकै सस्तो पनि हुने जनाएको छ । हाल कम्पनीले योजनाअन्तर्गत ३० जिबी र ६० जिबीको प्याक उपलब्ध गराइरहेको छ ।

३० जिबीको प्याक आवश्यकताअनुसार ९० दिनसम्म चलाउन सकिने बताइएको छ ।यस प्याकको मूल्य १ हजार ६ सय रहेको छ ।  त्यसैगरी ६० जिबी प्याक १ सय ८० दिनसम्म प्रयोग गर्न सकिन्छ । यसको मूल्य ३ हजार छ । 

यसरी प्याक प्रयोग गरी डाटा चलाउदा प्रतिएमबी करिब ५ पैसा मात्र खर्च लाग्ने टेलिकमले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि