कात्तिक ३०, २०८१, शुक्रबार
               

कृषि क्रान्तिको नेतृत्व बाँके–बर्दियाले दिनुपर्छ : मुख्यमन्त्री पोखरेल

नेपाल फ्ल्यास
फागुन १७, २०७६

ADVERTISEMENT

प्रदेश का मुख्यमन्त्री शंकर पोखरेलले नेपालमा कृषि क्रान्तिको नेतृत्व बाँके–बर्दियाले लिनुपर्ने बताएका छन् । 

बाँकेको खजुरा गाउँपालिकामा कृषि तथा वन विज्ञान विश्वविद्यालय कृषि संकायअन्तर्गत प्राकृतिक स्रोत व्यवस्थापन कलेजको भवन निर्माणको शिलान्यास तथा बिएस्सी एजीको कक्षा उद्घाटन समारोहमा पाेखरेलले भने, ‘भेरी–बबई डाइभर्सन र सिक्टा सिँचाइ आयोजना केही समयमै सम्पन्न हुन्छ ।’ साथै उनले सिँचाइ उपयोगबाट बाँके र बर्दियावासीले अब आधुनिक कृषि क्रान्तिको नेतृत्व लिनसक्नुपर्ने बताए । 

‘राज्यले अर्बौं लगानी गरेर सिँचाइको व्यवस्था गरिरहेको छ, अब जग्गा जमिन बाँझो राख्ने प्रवृत्तिको अन्त्य हुनुपर्दछ’, मुख्यमन्त्री पोखरेलले भने, ‘भेरीको पानी बबई हुँदै बर्दियाका खेतमा पुगेको छ, सिक्टा सिँचाइले बाँकेको जमिन सिँचाइ हुँदै छ, अब व्यावसायिक कृषितर्फ लागौं।’


बाँके–बर्दियाका खेतीयोग्य जमिन बाँझै रहने गरेको प्रसंग जोड्दै उनले आधुनिक प्रविधिबाट खेती किसानी गर्नुपर्नेमा जोड दिए । ‘कृषि कर्म गर्न धेरै जमिन चाहिँदैन, थोरै जमिनबाट पनि धेरै उत्पादन गर्न सकिन्छ, त्यसका लागि आधुनिक प्रविधि र इच्छाशक्ति चाहिन्छ’, उनले थपे ।’ 

बाँकेको खजुरा क्षेत्रको बस्ती इजरायली रूपबाट बनेको भएता पनि कृषिमा प्रगति नदेखिएको बेला स्थापना भएको कृषि विद्यालयले बाँके र बर्दियाका किसानलाई विद्यार्थीमार्फत प्रविधि र सीपको विकास गराउनुपर्ने उनको भनाइ छ ।

‘कृषि क्याम्पसले विद्यार्थीलाई कोठामा राखेर शिक्षा दिनुको औचित्य छैन, विद्यार्थीलाई किसानको घरसँग जोडिदिनुस् तब मात्र व्यावहारिक सीप र ज्ञान प्राप्त हुनेछ’, मुख्यमन्त्री पोखरेलले भने, ‘विद्यार्थीमार्फत किसानलाई आधुनिक कृषि प्रविधिको ज्ञान, सीप दिनुस् त्यसमा सहयोग र समन्वय गर्न प्रदेश सरकार तयार छ ।’

कृषि क्याम्पस सञ्चालन गर्नु चुनौतीपूर्ण रहेको बताउँदै मुख्यमन्त्री पोखरेलले कलेजको विस्तृत परियोजना प्रतिवेदनको आधारमा प्रदेश सरकारले सहयोग गर्ने प्रतिबद्धता जनाए । प्रदेश सरकारले किसानलाई लक्षित गरी सुलभ कर्जा सहजीकरण तथा ब्याजमा अनुदान कार्यक्रम सुरु गरेको बताउँदै त्यसको सदुपयोग गरी आधुनिक कृषि प्रणाली अपनाएर कृषिबाट आर्थिक समृद्धिको दिशामा लाग्न आग्रहसमेत गरे । 

यो पनि