जेठ ०४, २०८१, शुक्रबार
               

लिबर्टी इनर्जीले  बिक्री गर्दै साधारण सेयर

रासस
फागुन १६, २०७६

ADVERTISEMENT

लिबर्टी इनर्जीले आयोजना प्रभावितलाई पहिलो चरणमा रु १५ करोड बराबरको १५ लाख कित्ता साधारण सेयर (आइपिओ) बिक्री गर्ने भएको छ । कम्पनीले आज एक आह्वानपत्र सार्वजनिक गरी साधारण सेयर बिक्री गर्न लागेको जानकारी दिएको हो । 

प्रकाशित विवरणअनुसार कम्पनीले पहिलो चरणमा लमजुङका आयोजना प्रभावितका लागि १५ लाख कित्ता सेयर बिक्री गर्न लागेको हो । उक्त सेयर यही फागुन २७ गतेदेखि बिक्री गरिनेछ । आयोजना प्रभावितलाई छुट्याइएको १० प्रतिशत सेयर बिक्री गर्न लागिएको हो । 

प्रतिकित्ता रु १०० का दरले न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिने विवरणमा समावेश छ । यस्तै दोस्रो चरणमा कम्पनीले आमसर्वसाधारणलाई रु २२ करोड ५० लाख बराबरको २२ लाख ५० हजार कित्ता सेयर बिक्री गर्ने जनाएको छ । 

इक्रा नेपालले गरेको रेटिङमा कम्पनीको सेयरले ‘इक्रा एनपी ग्रेड ४’ पाएको छ । कम्पनीले कूल २५ मेगावाट क्षमताको दोर्दी ए जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । आयोजना निर्माणको अन्तिम चरणमा पुगेको छ । आगामी वैशाखदेखि आयोजनाले व्यावसायिक विद्युत् उत्पादन गर्ने जनाएको छ । 
 

राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।

कस्तो लाग्यो ?

यो पनि