कात्तिक ३०, २०८१, शुक्रबार
               

वित्तीय स्थायित्वमा जोड दिनुपर्छ : अर्थमन्त्री

रासस
फागुन १६, २०७६

ADVERTISEMENT

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले वित्तीय स्थायित्वमा जोड दिनुपर्ने बताएका छन् । नेपाल राष्ट्र बैंकले गरेको तेस्रो आर्थिक तथा वित्तीय अन्तर्राष्ट्रिय सम्मेलनको बिहीबार उद्घाटन गर्दै उनले सरकारले आर्थिक वृद्धिसँगै वित्तीय स्थायित्वलाई पनि एकैसाथ अगाडि बढाएको जानकारी दिए । 

वित्तीय स्थायित्व हुन नसके आर्थिक स्थायित्वमा समेत असर पर्ने बताउँदै उनले बैंकिङ गतिविधिमा वित्तीय समावेशी हुनुपर्ने धारणा व्यक्त गरे । अर्थमन्त्री खतिवडाले लघुवित्तबाट माथि उक्लिएका वित्तीय संस्थाले अन्य बैंकबाट आर्थिक सहयोग नपाइरहेको भन्दै ती वित्तीय संस्थालाई समावेशीकरण ल्याउने प्रयास भइरहेको जानकारी दिए । 

उनले बैंकले गर्न नसकेको जोखिम व्यवस्थापन बीमा संस्थाले गरिरहेको बताए । गैर बैंकिङ संस्थाले पनि वाणिज्य बैंकको काम गरिरहेको उल्लेख गर्दै अर्थमन्त्री डा खतिवडाले पछिल्लो पटक छायाँ बैंकिङ मौलाएको बताए । 

सम्मेलनमा नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरिञ्जीवी नेपालले पछिल्लो समय बैंकले कृषि, ऊर्जाजस्ता उत्पादन क्षेत्रमा लगानी बढाएको जानकारी दिए । उनले उत्पादकत्व क्षेत्रमा लगानी बढ्यो भने व्यापार घाटा कम भई मुलुकको अर्थतन्त्रमा स्थायित्व बढ्ने बताए । उनले नेपालको आर्थिक, बैंकिङ तथा वित्तीय क्षेत्रमा स्थायित्व देखिएको जानकारी दिए ।

राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।

कस्तो लाग्यो ?

यो पनि