मंसिर ०७, २०८१, शुक्रबार
               

सुकुटेमा पर्यटन महोत्सव

रासस
फागुन १५, २०७६

ADVERTISEMENT

सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकाअन्तर्गत सुकुटेमा यही फागुन १७ देखि २० गतेसम्म पर्यटन महोत्सव गरिने भएको छ ।

नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी सिन्धु पर्यटकीय व्यवसायी सङ्घले महोत्सवको आयोजना गर्न लागेको सङ्घका अध्यक्ष नारायण श्रेष्ठले जानकारी दिएका छन् ।

महोत्सवमा मोटरबोटको उद्घाटनका साथै शाहसिक जलयात्रा, म्याराथन दौड, सुनकोशी बिच भलिबल प्रतियोगिता, रमाइलो मेला तथा सांस्कृतिक कार्यक्रम आयोजना गरिन लागिएको छ ।

अनुमानित रु ३० लाख खर्च लाग्ने महोत्सव सफल बनाउन वाग्मती प्रदेश, नेपाल भ्रमण वर्ष २०२० को सचिवालय चौतारा साँगाचोकगढी नगरपालिका बलेफी र सुनकोशी गाउँपालिका प्रवद्र्धकले जनाएका छन् । 

महोत्सवमा आन्तरिक र वाह्य पर्यटक बढीभन्दा बढी सङ्ख्यामा भित्र्याइ स्थानीयस्तरमा उत्पादित सामग्री सङ्कलन गरी २० प्रतिशत सहुलियतमा जैविक खाना प्रदान गर्ने लक्ष्य राखिएको छ । 

नगरपालिकाअन्तर्गत अरनिको राजमार्गमा पर्ने सुकुटे राजधानीबाट ६८ किलोमिटरको दूरीमा पर्दछ । त्यहाँ सुविधा सम्पन्न १० रिसोर्ट सञ्चालनमा छन् । 
 

राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।

कस्तो लाग्यो ?

यो पनि