जेठ ०८, २०८१, मंगलबार
               

सुनको भाउको नयाँ रेकर्ड, ८० हजार नाघ्यो

नेपाल फ्ल्यास
फागुन १२, २०७६

ADVERTISEMENT

काठमाडौं । सुनको भाउ प्रति तोलाको ८० हजार नाघेको छ । सोमबार तोलामा १५ सय रुपैयाँ बढेर ८० हजार ३ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी ब्यवसायी महासंघले बताएको छ ।  

आइतबार प्रतितोला ७८ हजार ८ सय पुगेर नयाँ रर्कड बनाएको सुनको मूल्यले सोमबार एकैदिन १५ सयले बढेर फेरि अर्को रेकर्ड बनाएको हो।महासंघका अनुसार तेजाबी सुनको मूल्य ८० हजारमा कारोबार भइरहेको छ ।  पछिल्लो समय सुनको मूल्यले एकपछि अर्को गर्दै नयाँ कीर्तिमान बनाइरहेको छ ।

 चीनलगायतका देशमा कोरोना भाइरस फैलिएपछि सुनमा लगानीकर्ताको आकर्षण बढ्दा भाउ आकासिएको महासंघले जनाएको छ । 

यस्तै चाँदी आज ५ रुपैयाँ बढेर तोलाको ९ सय २५ रुपैयाँ पुगेको छ ।  आजका लागि चाँदीको मूल्य प्रतितोला ९ सय २५ रुपैयाँमा कायम छ। अहिले अन्तर्राष्ट्रिय बजारमै सुनको मूल्य बढेको छ।

आइतबार अन्तर्राष्ट्रिय बजारमा प्रतिऔंस १६ सय ४३ अमेरिकी डलरमा कारोबार भइरहेको सुन सोमबार बढेर प्रतिऔंस १६ सय ६१ अमेरिकी डलरमा पुगेको छ।

त्यसैगरी, अमेरिका र चीनबीच व्यापार युद्धले पनि विश्व बजारमा असर गरिरहेको छ। अन्तर्राष्ट्रिय संचार माध्यमहरुले सुनको मूल्य अझै बढ्ने बताइरहेका छन्। नेपाली सुनचाँदी व्यवसायी महासंघले पनि सुनको मूल्य अझै बढ्नसक्ने अनुमान गरेको छ।


कस्तो लाग्यो ?

यो पनि