मंसिर ०७, २०८१, शुक्रबार
               

आम्दानीको स्रोत बन्दै कुखुरा व्यवसाय

रासस
फागुन १०, २०७६

ADVERTISEMENT

डोटी । जिल्लाको दिपायल सिलगढी नगरपालिका– ४ कुमालीकोटकी ३५ वर्षीया शारदादेवी विष्टले कुखुरापालन व्यवसायबाट हिजो आज मनग्य आम्दानी प्राप्त गर्न थालेका छन् । उनले  एक वर्ष पहिलेदेखि उक्त व्यवसाय शुरु गरेका हुन् ।  

कुखुरा व्यवसायबाट फाइदा भएको रकमले उनले  एक छोरी बार्डिङ स्कुल पढाउनुका साथै घर खर्च राम्रैसँग धानेका छन् । उनी एक हातको अपाङ्गता भएकी महिला पनि हुन् । वर्षाै  पहिले दुर्घटनामा पर्दा उनले दाँहिने हात काटिएको छ । एक वर्ष पहिले अपाङ्ग सेवा सङ्घ सिलगढीले रु १० हजारका उन्नत जातका कुखुराका चल्ला र  १० हजार बराबरको खोर निर्माणका लागि आर्थिक सहयोग गरेपछि आफूले उक्त व्यवसाय शुरु गरेको कुखुरा व्यवसायी उनले बताए ।  

आज कुखुरा किन्ने उनकै फार्ममा पुग्ने गरेका छन् ।  लोकल तथा उन्नत जातका कुखुरा भएका कारण ग्राहक खोज्नुपर्ने समस्या नभएको उनले बताइन् । उनले लोकल कुखुरा जिउँदो प्रतिकिलो ६०० का दरले बिक्री गर्दै आएकी छन् । उक्त व्यवसायबाट मासिक रु १५ देखि रु २० हजारको हाराहारीमा आम्दानी हुने गरेको उनी बताउँछिन् ।  कुखुरा व्यवसायको आम्दानीबाट उनी  अहिले निकै खुशी र सुखी जीवनयापन गरिरहेकी छिन् । 

उनको फार्मले कुखुराका चल्लासमेत उत्पादन गर्दै आएको छ । अपाङ्ग सेवा सङ्घले युएमनको आर्थिक सहयोगमा जिल्लामा रहेका विभिन्न अपाङ्गता भएका व्यक्तिका घर परिवारलाई आयआर्जनका लागि भन्दै सिलाइ मेसिन, कुखुरापालन व्यवसाय, बाख्रापालन व्यवसाय तथा घुम्ती कोषका लागि आर्थिक सहयोग दिँदै आएको अपाङ्ग सेवा सङ्घकी कार्यक्रम संयोजक सीता राइमाझीले बताउँछिन् । 

जिल्लामा अपाङ्गता भएका व्यक्तिलाई स्वरोजगार बनाउने उद्देश्यले यो वर्ष पनि आर्थिक सहयोग दिने तयारी भई प्रस्ताव माग गरिएको कार्यक्रम संयोजक राइमाझीले बताउँछिन् । अपाङ्ग सेवा सङ्घले जीविकोपार्जनका लागि अपाङ्गता भएका व्यक्तिलाई व्यवसाय गर्न आर्थिक सहयोग गर्न थालेपछि यहाँका अपाङ्गता भएका व्यक्ति तथा परिवार निकै खुशी भएका छन् । 

राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।

कस्तो लाग्यो ?

यो पनि