बैशाख २१, २०८१, शुक्रबार
               

निजी क्षेत्रले सरकारलाइ सघाउने

रासस
फागुन ०४, २०७६

ADVERTISEMENT

सिद्धार्थ उद्योग वाणिज्य सङ्घको ६१औँ साधारणसभामा सहभागी वक्ताले सरकारलाई प्रर्याप्त सहयोग गर्ने वचन दिएका हुन् । भैरहवामा आज आयोजित साधारणसभामा उनीहरूले सरकारलाई निजी क्षेत्रले बलियो साथ रहेको बताएकका हुन्  ।

    प्रदेशसभा सदस्य सन्तोष पाण्डेले उद्योगी व्यवसायीले जस्तोसुकै कठिन परिस्थतिमा पनि सरकारका पक्षमा काम गरेको बताए । सङ्घीय समाजवादी फोरमका प्रदेश नं ५ का सचेतकसमेत रहेका पाण्डेले निजी क्षेत्रले सरकारलाई र सरकारले निजी क्षेत्रको सहयोग लिएर अगाडि बढेमा समृद्ध नेपालको सपना छिट्टै साकार हुने बताए ।
    सो अवसरमा अर्का प्रदेशसभा सदस्य फकरुद्दीन खानले निजी क्षेत्रको सहकार्य र सहयोगले नै सरकार अगाडि बढेको उल्लेख गरे  । नेपाली कांग्रेसका नेतासमेत रहेका खानले सङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय सरकार मिलेर उद्योग तथा व्यापारीको अर्थतन्त्र चलायमान गराउन महत्वपूर्ण भूमिका खेल्नुपर्नेमा जोड दिएका छन् । 

    नेपाल उद्योग वाणिज्य सङ्घका केन्द्रीय सदस्य कृष्णप्रसाद शर्माले निजी क्षेत्रले जहिले पनि सरकारको हरेक निर्णय र नियमलाई सहर्ष स्वीकारेर अगाडि बढिरहेको बताए । उनले देशको कूल ग्रार्हस्थ उत्पादनमा निजी क्षेत्रको योगदान अतुलनीय रहेको उल्लेख गर्दै सरकारले निजी क्षेत्रको साथ र सहयोगलाई विश्लेषण गरेर अगाडि बढेमा फलदायी हुने बताए । 

    यसैगरी, अर्का केन्द्रीय सदस्य राजेश अग्रवालले सेज र निर्माणाधीन विमानस्थललाई छिट्टै सम्पन्न गरेमा प्रदेश नं ५ का मात्रै नभएर नेपालको सिङ्गो निजी क्षेत्रले लाभ लिने बताए । उनले राज्य र जनता औद्योगिकमुखी हुनुपर्नेसमेत जोड दिए । 
 
    सिद्धार्थनगर नगरपालिकाका निमित्त प्रमुख उमा काफ्लेले स्थानीय सरकार जहिले पनि उद्योगी व्यवसायीको हितमा केन्द्रित रहेको बताइन्  । उनले प्रदर्शनी तथा महोत्सव गर्नुका लागि मण्डपको अभाव रहेको नगरभित्र नगरपालिकाले साढे छ बिघा जग्गा प्राप्त भएको भन्दै दुई महिनामा डिपीआर सम्पन्न हुने जानकारीसमेत दिइन्  । 

    उक्त कार्यक्रममा संविधानसभा सदस्य ओमप्रकाश यादव, पूर्वसांसद आदित्यनारायण कसौधन, लुम्बिनी प्रेस क्लबका अध्यक्ष दिपेश पछाई, बुटवल उद्योग वाणिज्य सङ्घका अध्यक्ष खिमबहादुर हमाल, पूर्वअध्यक्ष ओमकार गौचन, सङ्घका अध्यक्ष कुलप्रसाद न्यौपाने लगायतले  मन्तब्य राख्दै निजी क्षेत्र र सरकारबीचको सम्बन्ध मजबुत हुनुपर्ने बताएका छन् 
 

राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।

कस्तो लाग्यो ?

यो पनि