बैशाख २१, २०८१, शुक्रबार
               

प्रचण्डले गरे अम्ब्रेला स्ट्रिटको शुभारम्भ

रासस
फागुन ०२, २०७६

ADVERTISEMENT

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भरतपुर महानगरपालिका–२२ ले पटिहानीमा नवनिर्मित ‘अम्ब्रेला स्ट्रिट’ को शुभारम्भ गरेका छन् । 

बिहीबार शुभारम्भ गर्दै उनले पटिहानीको पर्यटन विकास र विस्तार गर्न अम्ब्रेला स्ट्रिटले थप सहयोग पुर्याउने विश्वास व्यक्त गरे । 

करिब १० कट्ठा क्षेत्रफलमा फैलिएको सो स्ट्रिट  करिब रु तीन करोडको लागतमा निर्माण सम्पन्न  गरिएको वडाध्यक्ष विष्णुराज महतोले जानकारी दिए । 

अम्ब्रेला स्ट्रिटमा लहरै ४८० वटा रङ्गीन छाता राखिएको छ । रङ्गीन छाताले सो क्षेत्रको नयाँ सौन्दर्यता प्रदान गरेको छ । 

यसको प्रचारप्रसार तथा स्थानीय खानाका परिकारलाई प्रवद्र्धन गर्र्न यहाँ पटिहानी खाना महोत्सव आयोजना गरिएको छ ।  

महोत्सवमा २० वटा प्रदर्शनीकक्ष रहेका छन् । कक्षमा स्थानीय खानाका परिकारलाई जोड दिइएको खाना महोत्सव प्रचारप्रसार समितिका संयोजक रामहरि सेढाईले जानकारी दिए ।

साङ्गीतक कार्यक्रमसमेत आयोजना गरिएको छ । यहाँ आउने पर्यटकका लागि महोत्सव अवधिमा विशेष छुटको समेत घोषणा गरिएको छ ।  

पाँच हजार मिटर दौड प्रतियोगिता, उद्योग वाणिज्य सङ्घ चितवनको परिसरदेखि अम्ब्रेला स्ट्रिटसम्म साइकल रेस, महोत्सव अवधिभर डुङ्गा, गाडा सयर, हात्ती र जीप सफारीको व्यवस्था गरिएको आयोजकले जनाएका छन् । 

राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।

कस्तो लाग्यो ?

यो पनि