बैशाख १४, २०८१, शुक्रबार
               

काठमाडौंमा कोरोनाको जोखिम, संक्रमितको ठेगाना यसकारण थाहा हुँदैन

नेपाल फ्ल्यास
असार १७, २०७७

ADVERTISEMENT

काठमाडौं । लकडाउन खुकुलो भएसँगै काठमाडौं उपत्यकाको सडकमा सवारीसाधनको जाम छ । पैदल यात्रुको चाप छ । संघीय राजधानी भित्रिनेको लर्को पनि छ । 

पीसीआर परीक्षण गर्न टेकु अस्पतालमा उस्तै भीड लाग्ने गर्छ । परीक्षणको लागि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा दैनिक औसत ८ सय जना लाइन लाग्ने गर्दछन् ।

तर, उनीहरूले परीक्षण गर्दा भर्ने फारममा भने बसोबास रहेको ठेगाना खुलाउँदैनन् । काठमाडौंमा बस्ने व्यक्तिहरुले फारम भर्दा जन्मस्थानको ठेगाना उल्लेख गर्ने गर्छन् । जसकारण काठमाडौंमा उनीहरु कहाँ बस्छन् भन्ने कुरा खुल्दैन । 

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा पनि कोरोनाको जोखिम बढ्दो छ । काठमाडौं उपत्यकामा पछिल्लो समय दिनहुँ संक्रमित थपिँदै गएका पनि छन् । 

कोरोना परीक्षण गर्दा भर्ने फारममा काठमाडौं उपत्यकामा बसोबास गरिरहेको ठेगाना उल्लेख नगर्दा संक्रमितको कन्ट्याक्ट ट्रेसिङमा समस्या आएको स्वास्थ्य सेवा विभागले जनाएको छ । 

भीडको माहोलमा परीक्षण गराउनेले भर्नुपर्ने फारममा उल्लेख गर्नुपर्ने वास्तविक ठेगाना लेखिँदैन । जँचाउन चाहनेले पनि बसिरहेको अस्थायी ठेगाना लुकाउँछन् । स्थायी मात्र उल्लेख गर्छन् । 

कोरोना परीक्षण गर्न आउनेहरुको यस्तै गैरजिम्मेवारीपनले संक्रमणको जोखिम झन् बढाएको स्वास्थ्य सेवा विभागले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि