बैशाख १४, २०८१, शुक्रबार
               

सलह किरालाई गाउँलेले पकाएर खाए

नेपाल फ्ल्यास
असार १५, २०७७

ADVERTISEMENT

बारा । बारामा  सलह किरालाई गाउँलेले  भुटेर खाएका छन् । निजगढ नगरपाकिला १३ डम्बरपुरका बासिन्दाले बिहान साढे ८ बजेदेखि मध्याह्न १२ बजेसम्म अकाशबाट झरेका किरा समातेर भुटेर खाएको वडाध्यक्ष सूर्य घलानले जानकारी दिए। गाउँललेले करिब ८–९ सयवटा किरालाई खेत,बारी,बगरलगायत ठाउँबाट टिपेर वा मारेर ल्याएर भुटेर खाएको उनले बताए ।

शनिबार नेपालमा सलह किराले प्रवेश गरेसँगै सर्तकता अपनाउन थालिएको छ । प्रदेश २ को बारामा शनिबार बिहानैबाट सलहको फौज देखिएको थियो ।

प्रदेश २ को बाराको निजगढ र सर्लाहीको नवलपुरमा देखा परेको सलह किराको अनुगमन गर्न गएको क्षेत्रीय कृषि अनुसन्धान केन्द्र परवानीपुरको विज्ञ टोलीसँग कुराकानी गर्दै एक गाउँलेले भने,‘हाम्रा पूर्खाहरुले फटयांग्रा भिटामिनको भण्डार भएको जीवन भएको भन्दै विगतमा मारेर भुटन बनाएर खान्थे,हामीहरुले पनि जमिनबाट टिपेर,बालुवा,ढुङगा र लाठीले मारेर भुटन बनाएर खाएका हौँ।’

शनिबार बिहान अकाशै ढाकिने गरी आएको सलह किराको बथान कमजोर भएको र उनीहरु बाराको निजगढ भएर प्रदेश २ का अन्य जिल्लातर्फ गएको पनि गाउँलेले बताए ।

मरुभूमि क्षेत्रमा जीवनचक्र निर्वाह गर्ने यो किराले नेपालमा खासै असर नपार्नेमा आफूहरु ढृक्क रहेको उनले बताए।

 


कस्तो लाग्यो ?

यो पनि