बैशाख २७, २०८१, बिहीबार
               

क्वारेन्टाइनमै युवकले गरे आत्महत्या

नेपाल फ्ल्यास
असार ०९, २०७७

ADVERTISEMENT

बझाङ । बझाङमा एकजना युवकले क्वारेन्टिनमै आत्महत्या गरेका छन् । 

छबिस पाथिभेरा गाउँपालिका–७ स्थित विद्यालयको क्वारेन्टाइनमा बसेका सोही ठाउँका ३० वर्षीय युवकले आत्महत्या गरेका हुन् ।

भारतबाट फर्किएका युवक असार ६ गतेदेखि क्वारेन्टाइनमा बसेका थिए । 

विद्यालयको अलग्गै कोठामा बसेका युवक बिहान नउठेपछि हेर्न जाँदा झुण्डिएको अवस्थामा फेला परेको गाउँपालिकाका अधयक्ष अक्कल धामीले जानकारी दिए ।

मृतक युवकको स्वाब संकलन गरी पीसीआर जाँचका लागि डडेल्धुरा पठाइएको छ । 

मृतकको सोमबार नै अन्त्येष्टि गरिएको छ । 

यो पनि