बैशाख ०४, २०८१, मंगलबार
               

रुपन्देहीमा बाबुले गरे छोराको हत्या

रासस
जेठ २८, २०७७

ADVERTISEMENT

रुपन्देही । रुपन्देहीको तिलोत्तमामा पाँचजनाको ज्यान जाने गरी सामूहिक हत्याको घटना सेलाउन नपाउँदै गएराति कञ्चन गाउँपालिका–१ कुचेरामा एक बाबुले आफ्नै छोराको हत्या गरेका छन् ।

राति घरमै सुतिरहेका बेला बाबु रिमबहादुर कुमालले  करिब साढे १‍‍ बजे १६ वर्षीय सुदीपलाई बञ्चरो प्रहार गरी घाइते बनाएका थिए । घाइते  सुदीपलाई लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारका क्रममा बिहान ३ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब । उपरीक्षक खड्कबहादुर खत्रीले जानकारी दिए ।

अभियुक्त रिमबहादुरलाई प्रहरीले तत्कालै नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको र अहिले लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा स्वास्थ्य परीक्षणका लागि ल्याइएको छ ।

अभियुक्त ४८ वर्षीय रिमबहादुर अत्यधिक मादकपदार्थ सेवन गर्ने र सोही कारणले घटना गराएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।

राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।

कस्तो लाग्यो ?

यो पनि