मंसिर ०७, २०८१, शुक्रबार
               

स्याङ्जा र नवलपुरमा भेटिए चार जना कोरोना संक्रमित

नेपाल फ्ल्यास
जेठ १५, २०७७

ADVERTISEMENT

स्याङ्जामा थप तीन जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्याङ्जामा यसअघि दुई जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

वालिङ क्वारेन्टिनमा रहेकाहरु थप तीन जानमा कोरोना संक्रमण पुष्टि भएको हो । स्वास्थ्य निर्देशानलय पोखराका अनुसार, संक्रमित हुनेमा २६ र २२ वर्षका  पुरुष र ३९ वर्षीया महिला छिन् ।

उनीहरुलाई सदरमुकाम पुतलीबजार ल्याउने तयारी भएको स्वास्थ्य निर्देशानलय पोखराले जनाएको छ ।

यता नवलपुर जिल्लामा समेत एक जनामा संक्रमण पुष्टि भएको छ । नवलपुरका १९ वर्षीय पुरुषमा संक्रमण देखिएको हो । उनीहरु सबै भारतबाट नेपाल आएको बताइएको छ । योसँगै गण्डकी प्रदेशमा संक्रमितको सख्या १६ पुगेको छ ।

यसअघि नै बाग्लुङ ८, नवलपुरमा २, स्याङ्जामा २ र लमजुङमा १ जनामा पुष्टि भइसकेको छ । बाग्लुङका २ जना यसअघि नै निको भएर घर फर्किएका छन । बाँकीको उपचार जारी छ ।


कस्तो लाग्यो ?

यो पनि