बैशाख १५, २०८१, शनिबार
               

वाग्मती प्रदेशसभाको नीति तथा कार्यक्रम मंगलबार प्रस्तुत हुने

नेपाल फ्ल्यास
जेठ १२, २०७७

ADVERTISEMENT

काठमाडौं । आजदेखि सुरु भएको वाग्मती प्रदेशसभाको अधिवेशनमा आर्थिक वर्ष २०७७/७८ को विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकताका सम्बन्धमा छलफल भएको छ । आजको बैठकमा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुणप्रसाद नेपालले वातावरण संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश पेस गर ।

यसैगरी आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेलले प्रदेश आर्थिक कार्यविधि ऐन २०७४ संशोधन गर्न बनेको अध्यादेश पेस गरे । आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जमकट्टेलले प्रदेश प्रहरी सेवा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७७ पेस गरे ।

वाग्मती प्रदेश सरकारले मंगलबार नीति तथा कार्यक्रम पेस गर्ने जानकारी प्रदेशसभाको आजको बैठकमा दिइएको छ ।


कस्तो लाग्यो ?

यो पनि