बैशाख १५, २०८१, शनिबार
               

नेपालमा ७२ जना कोरोना संक्रमित थपिए

नेपाल फ्ल्यास
जेठ १२, २०७७

ADVERTISEMENT

काठमाडौं । सोमबार थप ७२ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार, नेपालमा कोराना संक्रमित व्यक्तिको संख्या ६ सय ७५ पुगेको छ ।

सोमबार थपिएको संक्रमितहरु धनुषा, कपिलवस्तु, काठमाडौं, बारा, रौतहट, सप्तरी, बर्दिया, बाँके र दैलेखका छन् ।

रौतहटमा २६ जना र बारामा २३ जनामा संक्रमण पुष्टि भएको छ ।

थपिएका ७२ जनामा महिला १ जना र बाँकी ७१ जना पुरुष छन् ।


कस्तो लाग्यो ?

यो पनि