बैशाख १४, २०८१, शुक्रबार
               

दुई महिने शिशुसहित एकै परिवारका १८ जना कोरोनामुक्त

नेपाल फ्ल्यास
जेठ १२, २०७७

ADVERTISEMENT

काठमाडौं । दुई महिने शिशुसहित एकै परिवारका १८ जना कोरोनामुक्त भएका छन् । विश्वभर महामारीका रुपले फैलिएको कोरोना भाइरस संक्रमण पुष्टि भएर नारायणी अस्पतालको आइसोलेसनमा उपचाररत बिरामीहरु डिस्चार्ज भएका छन् ।

डिस्चार्ज हुनेमा २ महिने शिशु र १० बालबालिका पनि रहेको अस्पताल स्रोतले जनाएको छ । प्राप्त जानकारी अनुसार, वीरगञ्ज ३ छपकैयाको एकै परिवारका दुई महिने शिशु र १० बालबालिकासहित १८ जना गतआइतबार राति डिस्चार्ज भएर घर गएका हुन् ।

आइतबार राति डिस्चार्ज हुनेहरुमा छपकैयाको एकै परिवारका २ महिने एक शिशु, ३ देखि १३ वर्ष सम्मका ३ बालिका, ३ देखि १५ वर्ष सम्मका ६ जना बालक, ३२ देखि ६२ वर्षसम्मका ४ महिला र ३७ देखि ६६ वर्ष सम्मका ४ पुरुष रहेका छन् ।

योसँगै नेपालमा कोरोना भाइरस पुष्टि भएर उपचारपछि निको भएर घर फर्किने बिरामीको संख्या १०५ पुगेको छ । 
 


कस्तो लाग्यो ?

यो पनि