बैशाख १५, २०८१, शनिबार
               

संविधान संशोधन विधेयक विषयमा एक हुन सभामुखको आग्रह

नेपाल फ्ल्यास
जेठ ११, २०७७

ADVERTISEMENT

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले संविधान संशोधन विधेयक विषयमा एकमत हुनका आग्रह गरेका छन् । 

आइतबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा सापकोटाले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलसँग यस्तो आग्रह गरेका हुन् । 

संविधानको अनुसूची ३ मा रहेको निशान छापमा अंकित नक्सा हालै सरकारले जारी गरेको नक्साअनुसार अद्यावधिक गर्न शुक्रबार प्रतिनिधिसभामा संविधान संशोधन विधेयक दर्ता गराएको छ ।

संविधान संशोधनको मौका छापी मधेसकेन्द्रित दल आफ्ना एजेन्डाअनुरुप संविधान संशोधनका लागि गृहकार्यमा छन् । 

जसअनुरुप मधेसकेन्द्रित दलले शनिबार मात्रै प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेट गरी संविधान संशोधनका बेला आफ्ना एजेन्डअनुरुप संविधान संशाेधनका लागि पहल गरिदिन आग्रह गरेका थिए ।  

बैठकमा राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टीका सांसदले भने आफूहरुको माग नसमेटी संविधान संशोधन विधेयक ल्याएकामा असन्तुष्टि जनाएका छन् ।

राजपाका सांसद लक्ष्मणलाल कर्ण र समाजवादी पार्टीका उमाशंकर अरगरियाले संसदमा पेस भएको संविधान संशोधन विधेयकमा मधेसको माग संबोधन गर्न माग गरेका छन् । 

यो पनि