बैशाख १४, २०८१, शुक्रबार
               

स्वास्थ्य मन्त्रालयसँग आबद्ध सयभन्दा बढीको कोरोना परीक्षण गरिने

नेपाल फ्ल्यास
जेठ ११, २०७७

ADVERTISEMENT

काठमाडाैं । स्वास्थ्य मन्त्रालयसँग आबद्ध एक सयभन्दा बढी कर्मचारीको कोरोना परीक्षण गरिने भएको छ । 

कोभिड–१९ पोजेटिभ देखिएका इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका चिकित्सकको सम्पर्कमा आएका 
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका विभागीय मन्त्री, राज्यमन्त्री तथा सचिवसहित एक सय बढी कर्मचारीको कोरोना भाइरस (कोभिड(१९) परीक्षण गर्न लागिएको हो । 

मन्त्रालय आउजाउ गरेका सबै कर्मचारीको परीक्षण गर्ने तयारी गरिएको छ । 

चिकित्सकहरूका अनुसार संक्रमितसँग सम्पर्कमा आउनासाथ स्वाब झिकेर परीक्षण गर्दा गलत रिपोर्ट पनि आउन सक्छ । 

सोही कारण संक्रमितको प्रत्यक्ष सम्पर्कमा आएको एक सातामा स्वाब झिक्दा गलत रिपोर्ट आउने सम्भावना कम हुन्छ ।

ती चिकित्सकको प्राइमरी कन्ट्याकमा आएका मन्त्रालयका कर्मचारीहरू होम क्वारेन्टाइनमा बसिरहेका छन् ।
 


कस्तो लाग्यो ?

यो पनि