बैशाख १४, २०८१, शुक्रबार
               

बाराका सहायक प्रहरी निरीक्षकमा कोरोना संक्रमण पुष्टि

नेपाल फ्ल्यास
जेठ ११, २०७७

ADVERTISEMENT

काठमाडौं । जिल्ला प्रहरी कार्यालय बाराका एक सहायक प्रहरी निरीक्षकमा कोरोना संक्रमण पुष्टि भएको छ ।

कोरोना संक्रमण पुष्टि भएसँगै उनलाई कलैयास्थित जिल्ला अस्पताल लगिएको प्रहरी उपरीक्षक कृष्ण पंगेनीले बताए । 

यसअघि सो जिल्लाका प्रहरी कार्यालयमै कार्यरत एक सुरक्षाकर्मीलाई संक्रमण भएको थियो । 

पछिल्लो कोरोना संक्रमित पनि उनीसँगै संलग्न भएका प्रहरी भएको पंगेनीले जानकारी दिए । 

हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या पाँच सय ९२ पुगेको छ । ८९ जना निको भएर घर फर्केका छन् भने कोरोनाकै कारण तीनजनाको मृत्यु भएको छ । 


कस्तो लाग्यो ?

यो पनि