बैशाख १४, २०८१, शुक्रबार
               

नेकपा नेता र उनकी श्रीमतीबारे हल्ला फैलाउने पक्राउ

नेपाल फ्ल्यास
जेठ ११, २०७७

ADVERTISEMENT

हेटौंडा । पूर्वसांसद एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता अनन्त पौडेल र कोरोना संक्रमित उनकी श्रीमतीका बारेमा भ्रामक प्रचार गर्दै सामाजिक सञ्जालका अफवाह फैलाउने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा निजगढ नगरपालिका १२ रतनपुर नितेश रिजाल रहेको मकवानपुर प्रहरीले जानकारी दिएको छ ।

रिजाललाई वडा प्रहरी कार्यालय हेटौंडाको टोलीले हेटौँडा–५ भैरवरोडबाट पक्राउ गरेको हो ।

रिजालले शनिबार सामाजिक सञ्जाल फेसबुकमा हेटौंडा–३ मा कोरोना संक्रमित महिला पूर्वसांसद पौडेलकी श्रीमती भएको र घरमा क्यानडाबाट आएको छोरीले पार्टी दिएको, सूर्यले हेटौंडा डुबाउँदैछ भन्ने अफवाह फैलाउने भ्रामक भिडियो पोष्ट गरेका थिए । 

पौडेलसहित हेटौंडावासीले रिजाललाई पक्राउ गर्न चौतर्फी दबाब दिएको जनाइएको छ । 

पक्राउ परेका रिजाललाई जिल्ला प्रहरी कार्यालय मकवानपुरमा राखिएको, घटनाको अनुसन्धान भइरहेको मकवानपुर प्रहरीले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि