बैशाख १४, २०८१, शुक्रबार
               

भारतबाट फर्कने क्रममा अर्घाखाँचीका युवकको मृत्यु

नेपाल फ्ल्यास
जेठ ११, २०७७

ADVERTISEMENT

कपिलवस्तु । रोजगारीको लागि भारतको गुजरात पुगेका अर्घाखाँचीका एक युवाको नेपाल आउने क्रममा मृत्यु भएको छ । 

भारतको गुजरातबाट नेपाल फर्किदै गरेका उनको बाटैमा मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले बताएको छ ।

नेपाल फर्किदै गरेका दुई वटा बस मध्येमा रहेका मध्य अर्घाखाँचीका ती युवाको मृत्यु भएको खुल्न आएको कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दीर्घ नारायण पौडेलले बताएका छन् । उनको मृत्युको कारण खुल्न सकेको छैन ।

उनको शब अहिले कपिलवस्तुको कृष्णनगर सीमाको भारततर्फ पर्ने बढनीमा छ । नेपाल भित्र्याएर मृतकको स्वाब परीक्षण गराउने तयारीमा रहेको पौडेलको भनाइ छ।

दुई वटा बसमा आएका प्रवासी नेपालीहरु मध्ये अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिका ९ का ३५ बर्षिय कृष्ण बहादुर गैरेको मृत्यु भएको शसस्त्र प्रहरी बल नेपाल भन्सार राजस्व सुरक्षा गुल्म कृष्णनगरका सशस्त्र प्रहरी नायब उपरिक्षक सुशीलकुमार शाहीले जानकारी दिएका छ ।

हिजो मात्र भारतको नैतुवा क्वारेन्टाइनमा रहेका स्याङ्जा हरिनास गाउँपालिका २ चिसापानीका ३२ वर्षीय पुरुषको मृत्यु भएको थियो ।


कस्तो लाग्यो ?

यो पनि