बैशाख २०, २०८१, बिहीबार
               

ब्राउनसुगरसहित दुई जना पक्राउ

नेपाल फ्ल्यास
जेठ १०, २०७७

ADVERTISEMENT

झापा । झापाको विर्तामोड नगरपालिका–५ बाट लागुऔषध ब्राउनसुगरसहित दुई जनालाई आज प्रहरीले पक्राउ गरेको छ ।

आज दिउँसो जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय अनारमनीबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक कृष्ण कोइरालाले जानकारी दिए ।

पक्राउ पर्नेमा विर्तामोड–४ का २८ वर्षीयद्वय पवन चौधरी र महेश गुरुङ रहेका छन् । उनीहरूको साथबाट पाँच ग्राम ब्राउनसुगर बरामद गरिएको प्रमुख कोइरालाले बताए । लागुऔषधसहित पक्राउ परेका दुवै जनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।


कस्तो लाग्यो ?

यो पनि