बैशाख १४, २०८१, शुक्रबार
               

गाउँपालिका अध्यक्षले वडाध्यक्षलाई सार्वजनिकस्थलमै गरे कुटपिट

नेपाल फ्ल्यास
जेठ १०, २०७७

ADVERTISEMENT

काठमाडौं । पूर्वी रोल्पास्थित सुनिलस्मृति गाउँपालिकाको कार्यपालिकाको बैठकमा गाउँपालिका अध्यक्षले एक वडाध्यक्षमाथि आक्रमण गरेका छन् । 

शनिबार आयोजित गाउँपालिकाको १४औँ कार्यपालिका बैठकमा निर्णय गर्ने क्रममा अध्यक्ष घर्तीमगरले ४ नं वडाध्यक्ष गञ्जबहादुर महरा क्षत्रीमाथि कुटपिट गरेका हुन् ।

बैठकको अध्यक्षता गरिरहेका गाउँपालिका अध्यक्षले वडाध्यक्षमाथि एक्कासि आक्रमण गरेका जनाइएको छ । 

बैठकमा सहभागी वडा नं १ का अध्यक्ष केशव कंवरले गाउँपालिका अध्यक्षले एक्कासि वडाध्यक्षमाथि आक्रमण गरेको बताए । 

वडाध्यक्षले एक्कासि आफूमाथि आक्रमण भएको जानकारी दिए । एक्कासि घटना भएपछि नजिकै रहेको इलाका प्रहरी कार्यालयबाट बैठक स्थलमा प्रहरी पुगेको बताइएको छ ।

पीडित वडाअध्यक्ष क्षत्रीले इलाका प्रहरी कार्यालयमा उजुरी दिएको इलाका प्रहरी कार्यालयले जानकारी दिएको छ । 

घर्तीमगर माओवादी लडाकुका पूर्वकमान्डर भएको र वडाध्यक्ष क्षेत्री कांग्रेसबाट निर्वाचित भएको बुझिएको छ । 

यो पनि