बैशाख १५, २०८१, शनिबार
               

शिक्षामा बजेट बढाउन माग

नेपाल फ्ल्यास
जेठ ०९, २०७७

ADVERTISEMENT

काठमाडाैं ।शिक्षा क्षेत्रलाई सुधार र निरन्तरताका लागि बजेट वृद्धि गर्न जोड दिइएको छ । 

एकीकृत अखिल नेपाल शिक्षक सङ्गठनले शुक्रबार आयोजना गरेको ‘सङ्क्रमणकालीन वर्तमान नेपालको शैक्षिक मुद्दा र बजेट व्यवस्थापन’ विषयमा अनलाइन संवादमा सांसद, शिक्षाविद् तथा शिक्षक नेताहरुले समाजवादोन्मुख शिक्षाको स्थापनाका लागि उच्च प्राथमिकता दिइनुपर्ने जनाइएको हो ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य एवं पूर्वमन्त्री राम कार्कीले शिक्षामा समाजवादोन्मुख रुपान्तरणका लागि तल्लो तहबाट दबाब सिर्जना हुनुपर्ने बताए ।

नेकपाका स्थायी कमिटी सदस्य एवं सांसद देवेन्द्र पौडेलले उत्पादनमुखी र व्यवहारिक शिक्षाका लागि बजेट वृद्धि गर्न आग्रह गरे । 

प्रतिनिधिसभाका सदस्य डा सूर्य पाठक र कृष्णभक्त पोखरेलले एउटा देशमा दुई खालका नागरिक उत्पादन गर्ने शिक्षा प्रणााली अन्त्य गर्ने अहिले उपयुक्त अवसर भएको बताए । 

राष्ट्रिय सभाका सदस्य मायाप्रसाद शर्माले उच्चस्तरीय शिक्षा आयोगको प्रतिवेदनका आधारमा शिक्षामा रुपान्तरण गराउन संसदमा आवाज उठाइएको बताए । 

शिक्षाविद् डा. मनप्रसाद वाग्लेले विद्यालय क्षेत्र (जोइनिङ) गर्नुपर्ने, विषयगत शिक्षक थप्नुपर्ने, प्रारम्भिक बाल विकास र सूचना प्रविधिमा प्राथमिकता दिनुपर्ने जनाए । 

नेपाल शिक्षक महासंघका अध्यक्ष बाबुराम थापाले संसद्ले पारित गरेका शिक्षा ऐनअनुसार प्रारम्भिक बाल शिक्षालाई विद्यालय शिक्षाको मूल प्रवाहमा समावेश नगरिएकामा चिन्ता व्यक्त गरे । 

सङ्गठनका अध्यक्ष शङ्कर अधिकारीले प्रारम्भिक बालविकासका सहजकर्ता शिक्षक र निजी विद्यालयका शिक्षकहरुको सुविधा अन्त्यन्त न्यून भएकाले वृद्धि गर्नुपर्ने बताए । 


कस्तो लाग्यो ?

यो पनि