बैशाख १५, २०८१, शनिबार
               

सिँचाई कार्यालयका डिभिजन प्रमुख पक्राउ

नेपाल फ्ल्यास
जेठ ०८, २०७७

ADVERTISEMENT

काठमाडौं । घुस काण्डमा सिँचाई कार्यालयका डिभिजन प्रमुख पक्राउ परेका छन् । प्रदेश १ को आर्थिक मामिला तथा योजना मन्त्रालयका कर्मचारीलाई घुस दिएको आरोपमा जलस्रोत तथा सिँचाई विकास डिभिजन कार्यालय मोरङका डिभिजन प्रमुख आनन्दकुमार झालाई अख्तियारले पक्राउ गरेको हो ।

अख्तियार दुरुपयोग आयोगको टोलीले डिभिजन प्रमुख झालाई गत बुधबार पक्राउ गरेको अख्तियारले जनाएको छ । उनले आर्थिक मामिला तथा योजना मन्त्रालयको बजेट योजना तथा कार्यक्रम महाशाखामा कार्यरत शाखा अधिकृत विदुर पौडेललाई १० हजार रुपैयाँ रकम दिन खोजेको आरोप लागेको छ ।

अख्तियारले दिएको जानकारी अनुसार कर्मचारीले घुसको उक्त रकम लिन नमानेपछि झाले खाममा हालेर कार्यकक्षको टेबलको घर्रामा राखिदिएका थिए । पक्राउ परेका डिभिजन प्रमुख झाले आफूले पौडेललाई १० हजार नगद रुपैयाँ खाममा राखेर टेबलमा राखिदिएको, तर पौडेलले अस्वीकार गरेको अख्तियार बयान दिएको बताइएको छ ।

आफूलाई जबर्जस्ती रकम दिन खोजको भन्दै पौडेलले भष्ट्राचारको कसुरमा सजाय गराई पाउँ भनी निवेदन दिएको अख्तियारले जनाएको छ । उक्त जानकारी पाएलगत्तै प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले घटनामा संलग्नलाई अख्तियारमा बुझाउन निर्देशन दिएका थिए । सोही अनुसार अख्तियार इटहरीको टोलीले डिभिजन प्रमुख झालाई पक्राउ गरेको हो ।
 

यो पनि